Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा ५७ र ललितपुर ५ सहित देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमण मुक्त भएका छन् । बुधबारसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।



    अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार