Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कपिलवस्तु कृष्णनगरका ५ सरकारी कर्मचारीमा कोरोना संक्रमण

    कपिलवस्तु कृष्णनगरका ५ सरकारी कर्मचारीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये ३२ वर्षीया महिला र २९ वर्षका पुरुष कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत रहेका नगरपालिकाले जनाएको छ ।

    यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए । यसैगरी कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एकजना महिला र एकजना पुरुष छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार