Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ पुग्यो

    कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

    कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    कोरोना मुक्त हुनेमा प्रदेश १ मा ८७५जना, प्रदेश २ मा ३ हजार १८४, वाग्मती प्रदेश ५४३, गण्डकी प्रदेशमा १ हजार ३४८, प्रदेश ५ मा ४ हजार ७०, कर्णाली प्रदेशमा १ हजार ७३० र सुदूरपश्चिम प्रदेशमा ३ हजार २७६ जना रहेका मन्त्रालयले जनाएको छ ।



    यस्तै आज २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार