Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टीको बैठकबाट प्रधानमन्त्री भाग्न मिल्दैन

    नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : पार्टीको बैठकबाट प्रधानमन्त्री भाग्न मिल्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् ।

    गोरखामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता श्रेष्ठले एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले ओलीले बैठकमा उपस्थित हुनुपर्ने बताए ।



    ‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’ प्रवक्ता श्रेष्ठले भने । वैठकमा सहभागी भएर वृद्धि विवेक पु-याएर निष्कर्ष निकाल्नुपर्ने श्रेष्ठको भनाइ छ ।



    नेता श्रेष्ठले पार्टी विधिसम्मत रुपमा नचलेको, निष्क्रियजस्तो भएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको र सांगठनिक एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निष्कर्ष निकाल्नुर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार