Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सवारी पासविना यात्रु ओसारपसार गर्ने चारजना चालक पक्राउ

    सवारी पासविना यात्रु ओसारपसार गर्ने चारजना चालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले अनाधिकृतरूपमा यात्रु ओसारपसार गर्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ । प्रवेश सवारी पासविना काठमाडौं आउँदै गरेका बा १८ च ७४१७, बा १६ च ६११, बा १६ च ४७३७ र बा १५ च ७४६४ नम्बरको सवारीका चालक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरीय वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले नियमित जाँचको क्रममा सोमबार थानकोट–चित्लाङ सडक खण्डमा पर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदामचोकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुले अनाधिकृतरूपमा कूल ३३ जना यात्रुहरू ओसारपसार गरेको पाइएकोले संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको प्रहरीले जनाएको छ।



    बा १८ च ७४१७ नम्बरको सवारी चालक काठमाडौं १६ का वर्ष ३३ का सुदिप बस्नेत, बा १६ च ६११ नम्बरको सवारी साधनका चालक तारकेश्वर ९ का वर्ष ४७ का दिपक थापा, बा १६ च ४७३७ नम्बरको सवारी साधनका चालक दोलखा भिमेश्वर ९ का वर्ष ४० का चित्र श्रेष्ठ र बा १५ च ७४६४ नंम्बरको सवारी साधनका चालक सिन्धुपाल्चोक बलेफी १ का वर्ष २३ का विष्णु काजी खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार