Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाँकेमा साउन २४ गतेसम्म कर्फ्यु जारी रहने

    बाँकेमा साउन २४ गतेसम्म कर्फ्यु जारी रहने

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3.2K
    SHARES

    बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी कर्फ्यु (निषेधाज्ञा) अवधि बढाउने निर्णय गरेको छ । बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

    नेपाल भारत सीमा नाका जोडिएको बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि जारी निषेधाज्ञा अवधि बढाइएको हो । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार