Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आज साउन २० गते मंगलवारको राशिफल

    आज साउन २० गते मंगलवारको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 1.6K
    SHARES

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । लाभदायक यात्रापनि हुनेछ ।



    मिथुन



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउन सक्छ । फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मंगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्र राम्रै रहला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार