Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

संक्रमतिहरु ह्वात्तै बढेपछि लकडाउनका विषयमा विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । काठमाडौं उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटारमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ । प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077