काठमाडौं । काठमाडाैँमा दुई वटा खाद्य गोदाम सिल गरेको गरिएकाे छ। वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका उक्त दुई वटा खाद्य गोदाम सिल गरेको हाे।
विभागले कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको जनाएको छ ।
विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रले एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी गरिएको बताए ।
त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको विभागको भनाइ छ ।
Leave a Reply