Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

    युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 4.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी। कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् ।

    युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।



    युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो ।



    अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

    च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।

    यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।

    युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरू बिना नै दुबै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरु कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार