सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–२ गाङखोरमा पहिरोले घर पुरिँदा श्रमिान श्रीमतीको मृत्यु भएको छ ।
आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनीहरु राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा पुरिएका हुन् ।
यसअघि आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । जसमध्ये ७ जनाको शव भेटिएको छ ।
Leave a Reply