Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मेलम्ची पहिरो अपडेट : ७ जनाको शव भेटियो, २ जनाको सनाखत

    मेलम्ची पहिरो अपडेट : ७ जनाको शव भेटियो, २ जनाको सनाखत

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 5.3K
    SHARES

    तस्बिर सौजन्य : विपिन ढुंगाना

    मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ । पहिरोमा परेर घाइते भएका १ जनाको भने जीवितै उद्दार गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ७ जनाको शव भेटिएको हो ।



    शव भेटिएका ७ जनामध्ये २ जनाको पहिचान भएको पनि सिन्धुपाल्चोक प्रहरीलेजनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।



    पहिरोमा परी ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका थिए। उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।

    पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको छ ।

    पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ ।

    गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार