Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाको त्रासकाबीच जनै पूर्णिमा मनाईंदै

    कोरोनाको त्रासकाबीच जनै पूर्णिमा मनाईंदै

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा हातमा डोरो बाँधेर तथा पुरुषहरुले जनै फेरेर मनाइँदैछ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको प्रभाव जनैपूर्णिमा पर्वमा परेको छ। आजको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।



    अन्य वर्षहरुमा आज विभिन्न मन्दिरहरुमा मानिसको चाप हुन्थ्यो भने यो वर्ष कोरोनाका कारण एकदमै कम छ।



    यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

    वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

    हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ।

    बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू (पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

    यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ ।

    जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

    आजको दिनको मन्त्रः

    येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
    तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

    अर्थात्ः

    ‘जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।’

    रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ ।

    यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू(भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ ।

    परम्परानुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार