Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • होङसी सिमेन्टको गैरकानुनी धन्दा : १३ टिपर ट्राफिक प्रहरीको नियन्त्रणमा

    होङसी सिमेन्टको गैरकानुनी धन्दा : १३ टिपर ट्राफिक प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौं। क्षमता भन्दा बढी सामान ल्याएको खुलेपछि होङसी सिमेन्टका १३ टिपरलाई बागमती प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

    नवलपरासीको सार्दीमा रहेको होङसी सिमेन्ट उद्योगका १३ टिपरलाई  नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।



    लकडाउनको मौका छापेर होङसी सिमेन्टले  टिपरहरु प्रयोग गरी क्षमता भन्दा बढी सामान ल्याएको खुलेको छ। होङसीले प्रयोग गरेका टिपरहरुले विर्तामोडबाट सिमेन्ट बनाउन चाहिने कच्चा पदार्थ जिप्सम र कोइला लोड गरी ल्याएका थिए।



    १७ हजार टन क्षमता भएका टिपरहरुले २७ हजार टनसम्म जिप्सम र कोइला लोड गरि ल्याउँदै गर्दा बागमती प्रदेश ट्राफिक प्रहरीले हेटौंडामा टिपरहरु रोकी जाँच गरेको थियो ।

    हेटौंडामा  १३ टिपरले तोकेको भन्दा अत्याधिक भार वहन गरेको भेटिएको थियो। १३ वटा टिपरहरुलाई प्रहरीले २ लाख ९४ हजार जरिवाना गराएको छ। तोकेको भन्दा भार वहन धेरै गरेको सडकको अवस्थामा समेत असर गर्ने प्रहरीले जनाएको छ।

    क्षमता भन्दा बढी सामान ल्याउँदा दुर्घटना हुने सम्भावना रहने  ट्राफिक प्रहरीको भनाइ छ ।

    यसअघी नेपाल गुणस्तर तथा नापतौल विभागले होङ्सी सिमेन्ट उद्योगमाथि गुणस्तर अनुरुप नपाएपछि कारबाही गरेको थियो ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार