Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जलाउन लागेकाे बाबुकाे शवसहित छोरा पक्राउ

    जलाउन लागेकाे बाबुकाे शवसहित छोरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको छ । ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो ।



    त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । तर अस्पतालले मृत घोषणा गरेको थियो। दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार