Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गण्डकीमा थपिए एकैदिन ३९ कोरोना संक्रमित

    गण्डकीमा थपिए एकैदिन ३९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.4K
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा ४ सहित बागलुङ, नवलपुर, गोरखा र तनहूँमा गरि १९ संक्रमित थपिएका छन् । योसँगै प्रदेशको कुल संक्रमित संख्या १ हजार पाँच सय २४ पुगेको छ ।

    साँझ ५ः१५ को प्रेस विज्ञप्तिमा स्वास्थ्य निर्देशनालयले पोखरामा थपिएका संक्रमितमध्ये २ महिला, २ पुरुष यसैगरि, बागलुङमा २, नवलपुरमा ९, गोरखा र तनहूँमा २, २ गरि ४ जना संक्रमित थपिएको जनाएको छ ।



    गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ सय ४ पुगेको छ । गण्डकीमा एकै दिन ३९ संक्रमित थपिए भने देशभर २४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार