Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

    बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले १२ वर्षमुनिका बालबालिका र ६० नाघेका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

    कोरोना भाइरसको संक्रमणदर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।



    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताए ।



    आज नेपालमा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा एक सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार