Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • निर्मला प्रकरण : कमजोरी स्वीकारेर अनुसन्धानमा जुट्ने कि आरोप-प्रत्यारोपमा उत्रने ?

    निर्मला प्रकरण : कमजोरी स्वीकारेर अनुसन्धानमा जुट्ने कि आरोप-प्रत्यारोपमा उत्रने ?

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा खेपेका एसपी  डिल्लीराज विष्टसहित आठ प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएपनि निर्मलाले न्याय पाउने बिषयमा अन्योल कायमै छ।

    घटनाको अनुसन्धानका क्रममा विष्ट तथा डिएसपी अंगुर जिसीहरुले लापरवाही गरेको भने खुलेको थियो।



    निर्मला प्रकरणमा सरकारद्वारा गठित तत्कालिन एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन गलत भएको देखेपछि तत्कालिन आईजीपी सर्वेन्द्र खनालले प्रतिवेदन नै खारेज गराएका थिए। खनालले तत्कालिन डीआईजी सुरज केसी नेतृत्वमा पुनरावलोकन समिति  बनाएर  प्रतिवेदन स्वीकार गर्दै कार्यन्वयन गर्न खोजेका थिए।



    त्यस्तै, सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित गृहको छानविन समितिले पनि निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापरवाही गरेको ठहर गरेको थियो।

    तत्कालिन आईजीपी खनालले मैनाली र बस्न्यातका दुबै प्रतिबेदनलाई लत्याएर पनि निर्मला प्रकरणमा प्रहरीको कमजोरीलाई सच्याउन खोजेका थिए।

    तर, उनले अबकासको मुखसम्म निर्मलालाई न्याय दिएर फसेका प्रहरीलाई जोगाउन खोजेको प्रयास सफल हुन सकेन । किनकी उनीमातहतका प्रहरी नै निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन चाहेका थिएनन् ।

    सिआईबीमा छँदा निर्मला प्रकरणको अनुसन्धानमा खटिएका  ठाकुर ज्ञवाली आइजीपी बनेपछि  निर्मलाको घटना नै बिर्सेंर अबकाश पाए।

    गलत प्रतिवेदन बुझाउने बस्न्यात नेतृत्वको समितिमा हालका एआईजी निरज शाहीदेखी सचिवालयका एसपी रमेश थापासमेतले हस्ताक्षर गरेका थिए। तर, उनीहरुमाथि भने कुनै कारवाही भएन।

    उक्त प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई  निर्देशन दिएको थियो।

    तर, प्रहरीका कुनै पनि अधिकारीहरुले जोखिम लिन नचाहँदा निर्मला प्रकरणमा प्रहरी नै चुक्दै आएको छ।

    स्थानीय र विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिवेदनले बिष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएका थिए । खनालले अवकाश लिनुअघि बिष्टलाई नै दोषी ठहर गर्दै थप अनुसन्धान गर्न निर्देशन दिएका थिए। निर्मलाकी आमा दुर्गा देवी पन्तले पनि दिलीप सिंह विष्टको नाममा किटानी जाहेरी दिएकी थिइन्।

    बिष्ट नै दोषी करार भए भने  यसलाई स्थानीय र एनजीओका विभिन्न संस्थाले मान्नेमा शंका छ ।

    अहिले प्रहरी जस्तो अनुशासनमा काम गर्ने संगठनका सदस्य अंगुर जिसीहरु मिडियाको समर्थन पाएकै कारण आफुले अनुसन्धानमा गरेको कमजोरी लुकाउन नेतृत्वलाई खुलमखुल्ला मिडियामार्फत दोशी भनिरहेका छन्।

    स्थानीय र एनजीओका विभिन्न संस्थाद्वारा प्रभावित तिनै मिडियाहरुले जिसीहरुलाई खेदेको घटना पनि ताजै छ।

    अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले आरोप-प्रत्यारोप भन्दा पनि आफुले गरेको कमजोरीलाई स्वीकार गरेर अनुसन्धानमा सहयोग गरेको खण्डमा निर्मला प्रकरण टुंगोमा पुग्ने एक प्रहरी अधिकारी वताउंछन्।

    प्रहरी महानिरीक्षकमा शैलेस थापा आएपछि उनले यो घटनालाई टुंगोमा पुर्‍याउने गरी तयारी थालेपनि उनी मातहतका प्रहरी अझै डराएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार