वीरगञ्ज । बयोधा अस्पतालमा उपचाररत महिलाको कोरोना भाइरस (कोभिड-१९०) को संक्रमणबाट मृत्यु भएको छ ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।
महिलामा ज्वरो र निमोनिया रहेको नारायणी अस्पतालले जनाएको छ । यो सँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकी बयोधा अस्पतालमै उपचाररत अर्की एक ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ ।
Leave a Reply