Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंमा थप ६ जनामा कोरोना संक्रमण

    काठमाडौंमा थप ६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो समय ह्वात्तै बढेको कोरोना संक्रमण काठमाडौंमा आज भने कम देखिएको छ । उपत्यकामा हिजो ३८ जनामा कोरोना पुष्टि भएकोमा आज (शनिबार) ६ जना मात्र संक्रमित थपिएका हुन् । आज काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २, नेपाल प्रहरी अस्पतालमा काठमाडौंमा १, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ र भक्तपुरका १ गरी उपत्यकाका ६ जनामा संक्रमण भएको पाइएको हो।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला जसमध्ये ६ जना उपत्यकाका भएको पुष्टि गरे ।



    योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । नेपालमा हालसम्म १४ हजार ४९२ जनाले कोरोनालाई जितेका छन् ।

    मन्त्रालयका अनुुसार शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ६ हजार ९९३ पीसीआर परीक्षण भएका छन् ।

    हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार