Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बारामा भोलिदेखि कर्फ्यु , काठमाडौंमा के हुन्छ ?

    बारामा भोलिदेखि कर्फ्यु , काठमाडौंमा के हुन्छ ?

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) शुरु भएको ६ महिना पूरा भइसकेको छ । कोरोनाका कारण हालसम्म २० हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज(शनिबार) मात्रै थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    नेपालमा हालसम्म १४ हजार ४९२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन् भने कोरोना कै कारण ५६ जनाले ज्यान गुमाइसकेको अवस्था छ ।



    पछिल्लो तथ्यांक अनुसार प्रदेश २ र राजधानी काठमाडौंमा संक्रमणको संख्या बढिरहेको छ । संक्रमितको संख्या बढेसँगै बारामा भोलि (आइतबार)देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाराले आइतवार बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने भएको हो।

    शुक्रवार राति विज्ञप्ति निकाल्दै आइतबारदेखि चारपाग्रे र मोटरसाइकल पूर्णरुपमा सञ्चालनमा बन्देज लगाउँदै कडा रुपमा निषेधाज्ञा पालाना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो।

    संकट व्यवस्थापन केन्द्र बाराको शुक्रवार बसेको बैठकले पर्सामा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारा जिल्लाका बासिन्दाको जीवन रक्षाको लागि आवश्यक सेवा बाहेकका काम तथा जथाभावी भिडभाड, धार्मिक, सांस्कृतिकमा रोक लगाइएको हो।

    प्रशासनले आवश्यक सेवामा विद्युत, खद्यान्न, खानेपानी, दूध, ग्यास, औषधी, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका मासिनहरुलाई मात्र राजमार्गमा आवतजावत गर्न दिएको छ।

    बाराका बढी भिडभाड हुने बजारमा कलैया, सिम्रौनगढ, कोल्हबी, निजगढ, पथलैया, सिमरा, जितपुर, परवानीपुर, प्रसौनी लगायतका ठाउँमा पसल खोल्न निषेध गरेको छ।

    वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगमा अत्यावश्यक उद्योगमा मजदुरलाई उद्योग परिसर भित्रमात्र राखेर उद्योग चलाउन र बाँकी उद्योग बन्द गर्न पनि निर्देशन छ।

    यता काठमाडौंको सन्दर्भमा भने सरकारले अझैसम्म कुनै निर्णय गरेको छैन । यद्यपी कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ भने सरकारले पनि आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले परिस्थिति भड्कियो भने जुनसुकै बेला पनि कडा लकडाउन गर्न सकिने जानकारी गाइसकेका छन् ।

    काठमाडौं उपत्यकामा आज ६ जना कोरोना संक्रमित थपिएका छन् भने हिजो ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार