Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

    अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।



    उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”



    उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भने । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार