रूपन्देही । अबिरल बर्षाका कारण पहिरो जाँदा गुल्मीको रुरु गाउँपालिकामा एकैघरका चार जना पुरिएका छन् । प्रहरीका अनुसार एक बालकको शव फेला परेको छ भने तीन जना बेपत्ता छन् ।
राजु माझीको घर पहिरोले बगाएको र पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् ।
घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा अहिले प्रहरी पुगेको वताइएको छ।
Leave a Reply