Online Nepal
  • बुधबार, २ माघ २०८१
  • उपत्यकामा कोरोना संक्रमण बढ्दै, सचेत नबने ‘ठूलो दुर्घटना’ निम्तिन सक्ने चेतावनी

    उपत्यकामा कोरोना संक्रमण बढ्दै, सचेत नबने ‘ठूलो दुर्घटना’ निम्तिन सक्ने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । शुक्रबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले बिहीबार सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने जोखिम बढेको बताए ।

    ‘काठमाडौंमा फाटफुट केसहरु भेटिन थालेका छन्, काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ,’ डा गौतमले भने, ‘यसबाट बच्नुपर्ने कुराहरु हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको अवस्था छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने कुरा जानकारी गराउन चाहन्छु ।’



    डा. गौतमले खुल्ला सिमानाकाहरुमा आवतजावत नरोकिएको पनि बताए । उनले केहीदिन अघि भारतबाट कामदार लिएर ओखलढुंगा पुर्‍याइएका २१ जना कामदारमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । भारतबाट आएर कोरोना पुष्टि भएका उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको छ । डा डौतमले सामूहिक रुपमा बसोबास गर्नेहरुमा कोरोना संक्रमणको बढी जोखिम देखिएको बताए ।

    ‘समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढिरहेको छ, यसको उदाहरण प्रहरीहरुमा पोजेटिभ केश देखिनु, स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हुनु,’ डा गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मान्छेहरुमा कोरोनाको दर बढ्दो छ ।’ डा. गौतमले जनस्वास्थ्यको मापदण्ड पूरा नगरेमा आगामी दिनमा कोरोना संक्रमितले अस्पतालमा वेड नपाउने समस्या समेत भोग्ने दिन आउन सक्ने बताए ।

    डा. गौतमका अनुसार कोरोनाबाट बच्न मास्क अनिवार्य गरिए पनि मास्क नलगाएका २ लाख जना कारबाहीमा परेको पनि जानकारी दिए । मास्क लगाउन पटक(पटक अनुरोध गरिएपछि २ लाख व्यक्ति मास्क नलगाएकाले कारबाहीमा पर्नु दुखद भएको उनले बताए । डा गौतमले सबैले कोरोनाबाट बच्न सचेत हुन पनि आग्रह गरेका छन् । उनले भारतीय सिमा नाकाका ४ वटा राज्यहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा सचेत हुनुपर्ने बताए ।

    उनले वीरगंजमा मात्र ८ चिकित्स ६ नर्सिङ र पारामेडिक्स सहित २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको पनि बताए ।अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना संक्रमण देखिएको डा गौतमको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार