Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • फोरजी सेवा विस्तारमा भएको ढिलाइबारे ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

    फोरजी सेवा विस्तारमा भएको ढिलाइबारे ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 1.9K
    SHARES

    File Photo

    काठमाडौं । संसदीय समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्ने सरकारलाई निर्देशन दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि संसदको विकास तथा प्रविधि फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न निर्देशन दिएको हो ।



    गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन । टेलिकमले विभिन्न बाहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दाानी र नाफा पनि घट्न पुगेको छ । टेलिकमले आक्रामक रुपमा फोरजी विस्तार नगर्दा निजी सेवा प्रदायकले लाभ उठाइरहेका छन् ।



    समितिले नेपाल टेलिकमले एक वर्षमा कति सिमकार्ड वितरण भयो भन्ने विवरण पनि मागेको छ । समितिले ३० दिनभित्र देशभर इन्टरनेट सेवा पुर्‍याउने सम्बन्धी कार्ययोजना पनि पशे गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार