Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • इनफ इज इनफ अभियानका अभियन्ता फेरि प्रहरीकाे नियन्त्रणमा

    इनफ इज इनफ अभियानका अभियन्ता फेरि प्रहरीकाे नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका इनफ इनफ अभियानका अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।



    पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए ।



    बालुवाटारको सडकमा उभिदैमा पक्राउ गरेको विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले बताइन् । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगञ्जमा राखेको छ । यसअघि प्रहरीले सिंहदरबार अगाडिबाट पनि अभियानका अभियन्ताहरूलाइ नियन्त्रणमा लिएकाे थियाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार