काठमाडौं । नक्कली सुन प्रकरणमा थप एक ब्यक्ति पक्राउ परेकाे छ। चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।
उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको छ। उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ ।
साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा थप अन्य व्यक्तिकाे संलग्नता रहेकाे स्राेतले जनाएकाे छ। यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।
Leave a Reply