Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुन प्रकरण: प्रहरी जवानको डेरामा एक किलो सुन फेला

    नक्कली सुन प्रकरण: प्रहरी जवानको डेरामा एक किलो सुन फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ । नक्कली सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी जवानको कोठामा एक किलाे ‘सुन’ फेला परेकाे छ। प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको हाे ।

    महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारामद गरेपछि परीक्षणका लागि पठाइएकाे छ।



    महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले सो धातु परिक्षण गर्न पठाइएको पुष्टि गरे। जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।



    जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ । सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार