Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडौंमा लकडाउन बढ्न सक्ने

    काठमाडौंमा लकडाउन बढ्न सक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.6K
    SHARES

    तस्बिर: रासस

    काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढ्न थालेपछी गृहमन्त्रालयले हिजोबाट रातको समयमा सबारी साधन भित्रिन रोक लगाएको छ।

    बाहिरबाट उपत्यका प्रवेस गर्नेहरुमाथि परिक्षण गर्द संक्रमित भेटिएपछी सरकारले फेरी लकडाउन  शुरु गर्न छलफल थालेको छ।



    पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेका छन् । बिहीबार उपत्यका प्रवेश गरेकामध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो ।



    हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय खुलेका छन् । लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा संक्रमणको जोखिम उच्च भएको छ ।

    प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु महामारीको अवस्था केही समय हेरेर आवश्यक परे पुनः लकडाउन गर्नुपर्ने मनस्थितिमा पुगेको स्रोत वताउँछ ।

    स्रोतका अनुसार विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा लकडाउन बढाउन सुझाब दिएका छन्। हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार