Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • युनुस जेलबाटै सुन तस्करीमा, प्रहरीको भूमिका पनि शंकास्पद

    युनुस जेलबाटै सुन तस्करीमा, प्रहरीको भूमिका पनि शंकास्पद

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका अन्सारीले सहयोगीमार्फत सुन तस्करी गरेको खुलेको हो।

    काठमाडौंको सुन्धाराबाट मंगलबार बिहान नक्कली सुन बरामद गरेको प्रहरीले अन्सारीका सहयोगी इन्साद हुसेनको गाडी नख्खीपोटस्थित अन्सारीकै घरनजिकको एक घरमा पार्किङ गरिरहेको अवस्थामा फेला पारेको थियो। ‘प्रहरीले गाडी फेला पारेपछि गाडी नम्बर र गाडी धनी ट्रेसिङ गर्ने क्रममा हुसेनको भएको थाहा पायो। गाडी बरामद गरिएको स्थान पनि अन्सारीकै घरनजिक थियो’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘हामीले अन्सारीसँग यो विषयमा बुझिरहेका छौं।’ प्रहरीले बरामद गरेको बा६च ५५१९ नम्बरको गाडी बाराका हुसेनको भएको पाइएको थियो। त्यसपछि प्रहरीले अन्सारीसँगको कनेक्सन खोजी गरेको थियो।



    प्रहरीले बारा स्थायी घर भए पनि वीरगन्ज बस्दै आएका हुसेनको खोजी गरिरहेको छ। प्रहरीलाई सुनको पोको भन्दै दिएर हिँडेका देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेलले यो सबै काम हुसेनको भएकाले आफूहरुलाई अन्य जानकारी नभएको र गाडी अन्सारीकै घरनजिक भएको बताएपछि अनुसन्धानको सुई अन्सारीतर्फ मोडिएको थियो। हुसेनको गाडी पार्किङ गरेर नवलपरासी पुगेका देवानसिंहसमेतका तीनजनालाई पक्राउ गरी काठमाडौं ल्याएपछि अन्सारीको संलग्नता खुलेको प्रहरीले जनाएको हो। नागरिक दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार