Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राखेप सदस्यमा ६ जना मनोनित

    राखेप सदस्यमा ६ जना मनोनित

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना सदस्य मनोनित भएका छन् । युवा तथा खेलबुद मन्त्रालयले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई बिहीबार सिफारिस गरेको हो ।

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ उपदफा २ (थ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दीरा निरौलालाई सदस्यमा मनोनित गरिएको छ।



    यस्तै, दफा ३ उपदफा २ (ढ) अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरिएको छ।



    सोही उपदफाको (त) बमोजिम परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्द प्रशाद भट्टराई गरी ६ जनालाई साउन १५ गतेको निर्णय अनुसार मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन्।

    साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बुधबार मात्रै राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाले पदभार ग्रहण गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार