Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राप्रपाले प्राप्त गर्‍याे आइडियुको सदस्यता

    राप्रपाले प्राप्त गर्‍याे आइडियुको सदस्यता

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आइडियु) को सदस्यता प्राप्त गरेको छ ।

    क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाका नेता राजाराम बर्तौताले जानकारी दिए । राप्रपालाई सदस्यता दिने अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको प्रस्तावलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले समर्थन जनाएका थिए ।



    विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधि सम्मिलित उक्त बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुनुहुन्थ्यो । बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा एकता र सहकार्यको आवश्यकता औँल्याउनुभएको राप्रपाले जानकारी दिएको छ ।



    संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसिमा आयोजना हुने उक्त बैठक कोभिड–१९ का कारण भर्चुअलमा परिणत भएको थियो । बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको बताइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार