Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

    जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.2K
    SHARES

    महोत्तरी । जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जानकारी दिएका छन् ।



    उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरे । साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरे।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार