Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रेमिकाकाे अश्लील भिडियो बनाएको आरोपमा युवक पक्राउ

    प्रेमिकाकाे अश्लील भिडियो बनाएको आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 5.2K
    SHARES

    कैलाली । प्रेमिकाकाे अश्लील भिडियो बनाएको आरोपमा युवक पक्राउ परेका छन्। अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको बताए ।



    प्रवक्ता थापाले भने ‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको देखिन्छ’ पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।‘अहिलेसम्म इन्टरनेटको माध्यमबाट सार्वजनिक गरेको भन्ने खुलेको छैन । हामी अनुसन्धानमै छौँ,’उनले भने।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार