Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुन प्रकरण: छनविनका लागि गठित समितका संयाेजक एकाएक फेरिए

    नक्कली सुन प्रकरण: छनविनका लागि गठित समितका संयाेजक एकाएक फेरिए

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। कमलादीस्थित नविल बैंक मोडबाट गत मंगलबार काठमाडौं प्रहरीले बरामद गरेको नक्कली सुन र २ थान पेस्तोलको अनुसन्धान थप जटिल र शंकास्पद बन्दै गएको छ ।

    दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेसनको घटनास्थल नै परिवर्तन गरिएको खुलासा भएको छ । घटनास्थल फेरेकोदेखि गाडी नियन्त्रणमा लिन नसकेको बिषयमा प्रहरीको लापरबाही देखिइसकेको छ ।



    महानगरीय प्रहरी बृत्त दरबारमार्गले कमलादीमोडमा मंगलबार गरेको चेकिङका क्रममा १५ किलो सुन बरामद भएको तर पछि परीक्षणका क्रममा १४ किलो चाँदी भएको पुष्टि भएको थियो भने आधा किलो मात्र सुन भएको पाइएको थियो ।



    ‘सिसिटिभी फुटेज विष्लेषण गर्दा घटनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।

    दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीको दावी छ । स्कार्पियोमा चालक बाहेक तीन जना सवार थिए ।

    स्कार्पियो छाडेर काठमाडौंबाट भागेका तीन जनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई बिहीबार विहान काठमाडौं ल्याइएको छ ।

    यो प्रकरणमा एकपछि अर्को गरी रहस्यमय बनेको र प्रहरीको लापरबाही देखिएपछि बुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । तर बिहीबार छानबिन समितिका संयोजक फेरिएका छन् । थापाको ठाउँमा महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवलाई छानबिन समितिको संयोजक बनाइएको छ ।

    सुन प्रकरणमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसम्म मुछिने भएपछि छानबिन समितिका संयोजक उनीभन्दा सिनियर एसएसपी यादवलाई बनाइएको छ । थापा र ज्ञवाली एकै समूहका भएकाले छानबिनमा असहजता हुने भएपछि यादवलाई बनाइएको छ । एसएसपी ज्ञवालीले आफूभन्दा जुनियर एसएसपीलाई छानबिन समितिको संयोजक बनाएको भन्दै नेकपाका शीर्षनेतासमक्ष गुनासो गरेपछि बिहीबार संयोजक फेरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार