Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुन प्रकरणमा तीन जना पक्राउ, प्रहरीको गम्भिर लापरवाही

    नक्कली सुन प्रकरणमा तीन जना पक्राउ, प्रहरीको गम्भिर लापरवाही

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीअघि  १५ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएकामध्ये तीनजना पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले पूर्वी-ननवलपरासीबाट  उनीहरुलाई पक्राउ गरेको स्रोतले वतायो।

    पक्राउ परेका सबैलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । प्रहरीले गाडीको सर्च अप्रेशन जारी राखेको जनाएको छ ।



    मंगलबार बिहान काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीअघि चेकिङ गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीले १५ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएको थियो ।



    प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका थिए ।

    पोको फालेर भागेको उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीको टोली नलागी सुन परीक्षण गर्न न्यूरोडमा केन्द्रित भएको खुलेपछी छानबिन गर्न अपराध महाशाखाका एसएसपी दीपक थापाको संयोजकत्वमा टोली गठन भएको छ ।

    गाडी र चालक फरार हुँदा फिल्डमा खटिएको प्रहरी टोली नै सुन परिक्षणमा लाग्नुलाई गम्भिर लापरवाहीको रुपमा लिइएको छ। नक्कली सुन अप्रेशनमा आफ्नो टोली असफल भइसक्दा पनि परिसरले महाशाखासँग समन्वय गर्न खोजेको देखिएन।

    सुनको पोको फालेर गाडी भागेको सूचना दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहालले परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीलाई तत्काल खबर गर्दा पनि पुतलीसडकदेखि भाग्नसक्ने थानकोट र कोटेश्वर नाकामा उक्त गाडी नियन्त्रणमा लिने प्रयास किन गरिएन ?

    यो अर्को रहस्यको बिषय भएको छ । काठमाडौं परिसरले समेत उक्त गाडी र सुन फाल्ने मानिस पक्राउ गर्न चासो नदेखाउनुमा लापरवाहीको रुपमा लिइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार