Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • त्रिशुली नदीमा भाटभटेनीको सामान बोकेको गाडी खस्यो

    त्रिशुली नदीमा भाटभटेनीको सामान बोकेको गाडी खस्यो

    विनोद श्रेष्ठ
  • बिहिबार, १५ साउन २०७७
  • 2.1K
    SHARES

    चितवन ।  चितवनको इच्छाकामना ५ स्थित पृथ्वीराजमार्ग अन्तर्गतको नाग्दी खोलाबाट डिब्बा गाडी त्रिशुलीमा खसेको छ ।

    भाटभटेनी सुपरमार्केटको सामान बोकेर बिराटनगरबाट काठमाडौतर्फ जाँदै गरेको ना ३ ख ७९८७ नम्बरको डिब्बा गाडी विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७६८७ नम्बरको ट्रकसंग ठोक्किएर आज विहान ८ बजे त्रिशुली नदिमा खसेको हो ।



    पानी परिरहेको अवस्थामा भएको दुर्घटनामा डिब्बा गाडीको चालक हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी  त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  चालक घाइते भएका छन् ।
    घाइते चालकको अहिले हाइवे हस्पिटल मुग्लिनमा उपचार भैरहेको छ । प्रहरीका अनुसार गाडीमा चालक मात्र सवार थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार