Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेनाकाे कहरकाबीच आजदेखि होटल र रेस्टुरेन्ट सञ्चालन हुने

    काेराेनाकाे कहरकाबीच आजदेखि होटल र रेस्टुरेन्ट सञ्चालन हुने

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार (आज) देखि औपचारिक रूपमा होटेल/रेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् ।

    नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै सञ्चालनमा आउने भएका छन् । तर, होटेल व्यवसायीहरू स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको अस्पष्टताले अन्योलमा परेको बताउँछन् । खासगरी विदेशबाट आउने पर्यटकका विषयमा स्पष्ट मापदण्ड नहुँदा अन्योल कायमै रहेको उनीहरूको भनाइ छ । विदेशी पर्यटक क्वारेन्टाइनमा बस्ने गरी नेपाल घुम्न नआउने भएकाले पीसीआर टेस्ट गरी आउँदा उनीहरूलाई कसरी व्यवहार गर्ने स्पष्ट नभएको उनीहरूको भनाइ छ । सरकारले होटेल खोल्न अनुमति दिए पनि विदेशबाट आउने पर्यटक क्वारेन्टाइनमा १४ दिन नै बस्नुपर्ने वा नपर्ने अथवा पीसीआर रिपोर्ट नेगेटिभ भए मात्रै पुग्नेलगायत विषयमा अन्योल कायम रहेको होटेल संघ नेपाल (हान)का अध्यक्ष सृजना राणाले बताइन् ।



    प्रोटोकलले विमान कम्पनी, होटेल, रेस्टुराँ तथा पर्यटनसँग सम्बद्ध कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटक नेपाल छिरेपछि तत्कालै के गर्ने भन्ने अन्योल भएकाले चाहेर पनि विदेशीहरू नेपाल आउने सम्भावना कम रहेको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘हामी पर्यटकलाई स्वागत गर्न पूर्णरूपमा तयार छौं । तर, तत्कालै आउने पर्यटकको हकमा के गर्ने भन्ने नै स्पष्ट हुनुपर्‍यो भन्ने हाम्रो धारणा हो,’ उनले भने ।



    अहिले पनि अल्पाइन कल्बका सदस्यहरू, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेको अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उनले बताए ।

    नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान चाहने भएकाले उनीहरूलाई त्यहाँ कसरी लैजाने भन्ने टुंगो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका महासचिव सरिता लामाले बताइन् । ‘नेपाल आउने पर्यटकको सबैभन्दा ठूलो संख्या टे«किङ र माउन्टेनियरिङमा छ । उनीहरूलाई त्यहाँसम्म लैजान नसके कसरी आउलान् भन्ने हाम्रो चासो हो,’ उनले भनिन् । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार