Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली नगलेपछि फकाउने रणनीतिमा भारत, सरिता गिरीका कारण भारत चिन्तित

    ओली नगलेपछि फकाउने रणनीतिमा भारत, सरिता गिरीका कारण भारत चिन्तित

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संयन्त्रसँग लड्न नसकेपछि भारतले ओलीसँग सम्बन्ध बढाउन खोजिरहेको छ ।

    नेपालस्थित भारतीय दुताबासले  ओली निकट नेताहरुसँग सम्पर्क बढाउने प्रयास गरिरहेको दुताबास निकट स्रोतले वतायो।



    जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न पत्र पठाएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा नेपालले पनि कडा जवाफ दिएको छ।



    दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भारतलाई जवाफी पत्र पठाउँदै नेपालको भूमिमा नेपालीलाई बाधा नगर्नु भनी लेखेका छन्। भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ ।

    यता, भारतीय दुताबासकै कारण मधेस केन्द्रित दलहरूमा  खैलाबैला भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणपछि बनेका जनता समाजवादी पार्टी (जसपा)मा महन्थ ठाकुरले एकलौटी गर्न खोज्दा तनाबको स्थिति सिर्जना भएको छ ।

    ठाकुरले जसपामा आफू निकटका सीमित नेताहरूलाई मात्रै जिम्मेवारी दिने गरेको आरोप छ । ठाकुर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो भने प्रधानमन्त्री बन्ने सपना देखेर बसेका छन् ।

    भारतले जोडिएदिएको पार्टी एकीकरणको त्यान्द्रोलाई समातेर बसेका ठाकुरले प्रधानमन्त्री बन्ने सपना देखेका हुन् ।

    नेकपा दुर्घटनामा पर्ने भनेर चर्चा चलिरहेका बेला जसपाका संयोजक ठाकुरले प्रधानमन्त्री पदको कुर्सी ताक्नु कुनै नौलो कुरा होइन । भारतले  ठाकुरलाई एक पटक प्रधानमन्त्री बनाएर आफू अनुकूलका निर्णय गराउने चाहना राखेको छ ।

    दिल्ली र दुताबासका कर्मचारीले अहिले सबैभन्दौ धेरै विश्वास ठाकुरलाई गर्छन् । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईहरू ठाकुरसँग खुसी छैनन् । बाबुराममाथि त भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट नै भनेर आरोप लाग्ने गरेको छ ।

    ठाकुरसँग खुसी नहुनेहरूमा राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा पनि छन् ।

    दिल्लीले ठाकुरलाई नेकपा फुटेपछि बन्ने ओलीको दलसँग मिलेर वा कांग्रेससँग मिलेर बन्ने मिलिजुली सरकारको प्रधानमन्त्री बनाउने आश्वासन दिएको चर्चाले जसपाका नेताहरूभित्र उमंग नै छाएको छ ।

    जे सोचेर पार्टी एकीकरण भएको थियो, त्यो नै नहुने भएपछि ठाकुरलाई नेता मानिरहने पक्षमा अरु नेताहरू पुगेका हुन् । ठाकुर अत्यन्तै रिजिट नेताका रुपमा चिनिन्छन् । पार्टीभित्रको कुनै कुरा गर्न जाँदा ठाकुर झसङ्ग गरेर रिसाउने गर्छन् । स्रोतका अनुसार ठाकुर आफ्ना विरोधीहरूलाई एकएक गरेर ठेगान लगाउने योजनामा पुगेका छन् ।

    दिल्लीको निर्देशनमा ठाकुरले सरिता गिरीलाई कारबाही गर्नु हुँदैन भनेर अडान लिएका थिए । तर, उपेन्द्र यादवसहितका अरु नेताहरूले गिरीका कारण पार्टीलाई बदनाम र समाप्त पार्न नसकिने भनेपछि ठाकुर बाध्य भएर कारबाहीका लागि तयार भएका थिए । दिल्लीले सरिता गिरी कारबाहीमा परेपछि ठाकुरसँग चिन्ता जनाएको स्रोतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार