Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सभापति देउवा महाधिवेशन प्रभावित पार्ने योजनामा रहेको पौडेल पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको निश्पक्षतामाथि प्रश्न उठ्ने गरी निर्णय भइरहको भन्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने निणर्य गरेको हो ।

पौडेल पक्षका शीर्ष नेतासहति काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी रहेको बैठकले पार्टीमा मनोमानी ढंगले पद बाढ्ने गरिएको जिकिर गरेको छ । बैठकमा बरष्ठि नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रजिाललगायत उपस्थित थिए ।

विभागमा भइरहेका मनोनययन, राप्रपाबाट कांग्रेस प्रवेश गर्नेहरुलाई सहमहामन्त्रीसहित ७ केन्द्रीय सदस्य दिने निणर्य , विदेशस्थति जनसम्पर्क समितिमा गर्न खोजएिको फेरबदल लगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

महाधिवेशनको कार्यतालकिा सार्वजनकि भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएकोमा पनि पौडेल पक्षले विरोध जनाएको छ ।

यतिबेला विभाग गठन गर्न खोज्नुको अर्थ महाधिवेशनलाई प्रभावित पार्ने योजनाभएको पौडेल पक्षको आरोप छ । यस विषयमा विहीबार देउवालाई ध्यानाकर्षण पत्र बुझाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077