काठमाडौं । नेपालमा अहिले ५ हजार २०३ जना सक्रिय संक्रमित ‘एक्टिभ केस’ रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप १४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
हाल रहेका ‘एक्टिभ केस’ प्रदेश–१ मा २२६ जना, सबैभन्दा धेरै प्रदेश–२ मा १ हजार ९८२, बाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश–५ मा ४०१, सबैभन्दा कम कर्णाली प्रदेशमा ३०२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५२१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Leave a Reply