Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कवाडी सामानको घोटालामा मुछिएका इन्स्पेक्टरलाई एसपीले गरे सम्मान

    कवाडी सामानको घोटालामा मुछिएका इन्स्पेक्टरलाई एसपीले गरे सम्मान

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 4.3K
    SHARES

    चितवन । छानविनको दायरामा तानिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख इन्स्पेक्टर दयाकृष्ण भट्टलाई वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले  उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको छ।

    भट्टलाई एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरणमा उत्कृष्ट कार्य गरेको भन्दै वागमती प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले पुरस्कृत गरेका हुन् ।



    भट्टले ०७६ चैत पहिलो साता कारबाहीमा ल्याइएका पुराना मोटरसाइकल र साइलेन्सर पाइपसम्म कवाडीमा बिक्री गर्दा अनियमितता गरेको बिषयमा  डिएसपीको संयोजकत्वमा समिती बनाएर वागमती प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। तर, अनुसन्धानलाई नै प्रभावित बनाएर उनलाई जोगाउन नाटक रचिएको यो घटनाले देखाउँछ ।



    इन्स्पेक्टर भट्ट एक ट्रक पुराना मोटरसाइकल र साइलेन्सर पाइप चोरी गिरोहका नाइके तथा मनकामना वर्कसपका दीपेन्द्र श्रेष्ठ ‘दीपु’लाई बिक्री गरेर बिबादमा तनिएका थिए।

    दीपु भने अहिले चितवन कारागारमा छन्। भट्टले नै बिक्री गरिएका सामानको रकम लिएको खुलेपछी बागमती पदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्त लामाले छानविन समिती बनाएका थिए। समितीलाई एक साता भित्र प्रतिबेदन बुझाउने गरि समय दिइएको छ।

    तर  भट्टलाई जोगाउन एसपी रानाभाटले पुरस्कृत गरेर नाटक देखाएका हुन। अर्कोतिर, छानबिनका लागि टोली आउने सूचना पाएपछि ट्राफिक प्रमुख भट्टले वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर रविनबाबु रेग्मीसँग मिलेर भरतपुरका कवाडीबाट राति राति सामान उठाउँदै कार्यालय परिसरमा थुपारिरहेका छन् । उनले ४ दिनदेखि ट्राफिक प्रहरी कार्यालयमा पुराना मोटरसाइकल, साइलेन्सर पाइप थुपारेका हुन ।

    कवाडी बिक्री गरेकै छैन भनेर प्रदेश प्रहरीको टोलीलाई आँखामा छारो हाल्न उनले वप्रकाका इन्स्पेक्टर रेग्मीको सहयोगमा रातारात कार्यालय परिसरमा कवाडी थुपारेको प्रहरी स्रोतले बताएको छ । प्रदेश प्रहरीले चासो देखाएपछि वप्रकाका प्रमुख रेग्मीको निवासमा राति राति ट्राफिकका दयाकृष्ण भट्ट, असई कृष्ण ठकुरी र संचारका हवल्दार विश्व नेपाल बसी कवाडी मोटरसाइल जस्ता सामान संकलन गरेका छन् ।

    प्रहरी निरीक्षक भट्टले चितवनमा ट्राफिक प्रहरी स्थापनादेखिकै दुर्घटनामा परेका मोटरसाइकल र कारबाहीमा परी झिकिएका साइलेन्सर पाइपहरु बिक्री गरेका थिए । मुचुल्का समेत नउठाई उनले सुटुक्क १ ट्रक सामान बिक्री गरेका थिए । उनले मुचुल्का नउठाई सामान बिक्री गरेको  बारेमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको अख्तियार, प्रहरी प्रधान कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार