Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सिंहदरबारको दक्षिण गेटबाट ‘इनफ इज इनफ’ अभियानका पाँच जना पक्राउ

    सिंहदरबारको दक्षिण गेटबाट ‘इनफ इज इनफ’ अभियानका पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । सिंहदरबारको दक्षिण गेटबाट ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्। गृह मन्त्रालय जान खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

    उनीहरू निषेधित क्षेत्रमा भेला भई भित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएकाे महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतले बताए। डिएसपी बस्नेतले भने,’उनीहरूलाई
    नियन्त्रणमा लिइ पुलिस क्लबमा राखिएकाे छ।’



    विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले अभियन्ताहरू गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको जानकारी दिए।उनले सामाजिक सञ्जाल ट्वीटरमा
    मार्फत उक्त कुराकाे जानकारी गराएका हुन्।



    उनले ट्वीटरमा लेखेका छन्,’५ अभियन्ता साथीहरूलाई प्रहरीले गैरकानुनी हिसाबले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ। अभियन्ता साथीहरूले सोही स्थानबाट अनसनको घोषणा गर्नुभएको छ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार