Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा एकैदिन पन्ध्र सय बढीको मृत्यु

    अमेरिकामा एकैदिन पन्ध्र सय बढीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी। अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको. कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

    स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ ।
    अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।



    कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार