Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिराेमा पुरिएर आमाछोरीको मृत्यु

    पहिराेमा पुरिएर आमाछोरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    दाङ । पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

    घरमाथि बाट खसेको पहिराले पुर्दा २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरे । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । सो घरमा मृतक बाटुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ ।



    घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार