Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सगुनको गैरकानुनी कारोबारमाथि धितोपत्र बोर्डको अंकुश, प्रहरीले छानविन गर्दै

    सगुनको गैरकानुनी कारोबारमाथि धितोपत्र बोर्डको अंकुश, प्रहरीले छानविन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। संकास्पद कारोबार गरेको भन्दै सगुन नामक कम्पनीमाथि धितोपत्र बोर्डले कारवाही प्रकृया थालेको छ।

    नेपालमा  सगुनले  धितोपत्र बोर्डको स्वीकृती र अनुमति बेगर कारोबार गर्न थालेपछि बोर्डले कानुनी कारवाही गर्न लागेको हो। नेपालबाट नेपाली मुद्रामा नेपालीले सगुनको मिनी आईपीओमा आवेदन नै दिन पाउँदैनन् तर, सगुनले  नेपालबाट मिनी आईपीओको नाममा प्रचारप्रसार गर्दै हुण्डी कारोबार गरेको खुलेपछि बोर्डले कारवाही प्रकृया थालेको हो। महानगरीय अपराध महाशाखाले समेत यस बिषयमा अनुसन्धान गरिरहेको बोर्ड स्रोतले वतायो।



    केही समयदेखि विभिन्न सञ्चार माध्यममा सगुन इन्ककर्पोरेशनले नेपाली लगानीकर्तालाई लक्षित गर्दै धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको थियो ।



    धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गनुअघि बोर्डमा दर्ता गराउने पर्ने र दफा २९ (१)मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितापत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्री विरतणको निमित्त र्साजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।

    सगुनले बोर्डको स्वीकृति विनै नेपालमा धितोपत्रको निष्काशन गर्दै आएको पाइएको हो ।  ‘बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनैपनि कम्पनिले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्नुहुन सर्वसाधरण लगानीकर्ताहरुलाई अनुरोध गरिन्छ,’ धितोपत्र बोर्डले भनेको छ,‘प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी कुनैपनि व्यक्ति वा संस्थाले संचारका माध्यम मार्फत त्यस्तो सुचना तथा विज्ञापन प्रकाशन तथा संप्रेषण नगर्न/नगराउन समेत यो सुचना प्रकाशन गरिएको छ ।’

    गैरआवाशिय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुनले पटक पटक शेयर निष्काशनको नाममा गैरआवाशिय नेपालीहरुलाई ठगी गर्दै आएको छ । बेलायतमा  सगुनबाट दर्जनौ व्यक्तिहरु ठगिएका छन्। जुन कुरा एनआरएनको निर्वाचनमा पनि उठेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार