Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ बुँदे प्रस्ताबपछि ओली र बामदेबबीच रहस्यमय एकता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली महासचिव बिष्णु पौडेललाई लिएर उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेपछि नेकपाभित्र तरंग फैलिएको छ।

प्रधानमन्त्री  ओली र बामदेबबीचको भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियोे । यसबाहेक उक्त भेटघाटको कुनै राजनीतिक अर्थ र अभिप्राय थिएन भनेर हल्ला चलाइएको छ । छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैँसेपाटी स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले आफू नख्खु पुगेपछि मात्र वामदेवलाई आफू आउँदै गरेको जानकारी दिएको बामदेब निकट पत्रकारले फेसबुकमा लेखेका छन्।

गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई छाडेलगत्तै उनलाई भेट्न प्रधानमन्त्री ओली पुगेका थिए ।

गौतमले प्रचण्ड नेपाल समूहलाई छाडेर ओलीको पक्षमा निकालेको विज्ञप्तिले मंगलबार दिनभर राजनीतिकतमा तरंग पैदा गर्यो । उनले प्रधानमन्त्रीमा ५ बर्ष नै केपी ओली रहने र महाधिवेशनसम्म अध्यक्ष पनि कायमै रहने भन्दै ६ बुँदे विज्ञप्ति जारी गरेपछि आज बिहान ११ बजे बोलाइएको स्थायी समिति बैठक नै प्रभावित बन्न पुग्यो ।

स्थायी समिति बैठक प्रारम्भ हुनु १५ मिनेट अघिमात्र प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत स्थगित भएको सूचना फेसबुकमा राख्न लगाए ।

त्यतिबेलासम्म कतिपय स्थायी समिति सदस्यहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आइसकेका थिए । अध्यक्ष प्रचण्ड पनि सातदोबाटोमा आइसकेपछि स्थगित भएको थाहा पाए ।

ओलीले बैठक स्थगित गरे पनि बैठक बस्ने भन्दै अलमलमा परेका स्थायी समिति सदस्यलाई बालुवाटारमा बोलाइयो । २५ जना स्थायी समिति सदस्य जम्मा भएपछि बैठक राख्न खोजियो । तर बामदेव गौतमको ६ बुँदे विज्ञप्ति र कोरम नै नपुगेको भन्दै बैठक कुनै निर्णय नगरी टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077