काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–७ मा खीर खाँदा ३४ जना बिरामी परेका छन् । बिरामीमा टाउको दुख्ने, ज्वारो आउने, पेट दुख्ने, वान्ता हुनेलगायतको समस्या देखिएको रामपुर अस्पताल जनाएको छ । उनीहरुले आईतबार खीर खाएपनि आज बिरामी भएर अस्पताल आएपछि घटना बाहिर आएको हो ।
अहिलेसम्म २७ जनालाइ थप उपचारको लागि लुम्बिनी मेडिकल प्रभासमा ल्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाँकी ७ जनाको रामपूरमै उपचार भइरहेको छ ।
Leave a Reply