Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिआईबीद्वारा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने पक्राउ, ८ थान एनसेलकाे सिम बरामद

    सिआईबीद्वारा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने पक्राउ, ८ थान एनसेलकाे सिम बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अन्तर्राष्ट्रिय कल बाईपास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका भित्रका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ ताहाननी घर भई काठमाडौंको बौद्धमा बस्दै आएका ३३ वर्षीय हरिशंकर श्रेष्ठलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।



    पक्राउ परेका श्रेष्ठले खिचापोखरीमा अवैध रुपमा कल बाईपास गरीरहेको अवस्थामा ८ पोर्टको भीओआईपी उपकरणसहित नियन्त्रणमा लिएर पक्राउ गरिरहेको सिआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।



    सीआईबीको टोलीले ८ पोर्टको Open Vox Gate Way एक थान, ACADAPTER MODEL SAHO28F समेत लेखिएको चार्जर एक थान र एनसेलको सिम आठ थान बरामद गरेको जनाएको छ ।

    यस्तै सीआईबीले अहिलेसम्म कल बाईपास गरेको आरोपमा ११३ स्थानबाट २३ हजार ९८१ थान सिम र उपकरणसहित १३२ जना नेपाली र ३८ जना विदेशी नागरिकलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार