Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कालीकोटमा बाढी र पहिरो जाँदा ६ जना बेपत्ता

सुर्खेत । कालीकोटमा बाढी र पहिरो जाँदा ६ जना बेपत्ता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका हुन् ।

बेपत्ता हुनेमा राजबहादुरकी ८ वर्षीय छोरा नवीन शाही,१५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077